बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९३ हजार ५३२

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९३ हजार ५३२

मेगा खबर संवाददाता

१५, श्रावण २०७७
  • 2.3K
    SHARES

  • विश्वभर कोरोना संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९३ हजार ५३२
    काठमाडौं :  पछिल्लो २४ घण्टामा  २ लाख ४६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ९३ हजार ५३२ पुगेको छ ।
     
    यस्तै, हालसम्म १ करोड ४ लाख ५६ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । मृत्यु हुनेको संख्या पनि ६ लाख ६३ हजार ४७६ पुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ५२ हजार ३२० जनाको मृत्यु भएको छ । 
     
    भारतमा हालसम्म १५ लाख ३२ हजार १३५ संक्रमित हुँदा ३४ हजार २२४ जनाको मृत्यु भएको छ ।ब्राजिलमा हालसम्म २४ लाख ८४ हजार ६४९ जना संक्रमित हुँदा ८८ हजार ६३४ जनाको मृत्यु भएको छ ।  रुसमा ८ लाख २३ हजार ५१५ संक्रमित हुँदा १३ हजार ५०४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ४ लाख ५९ हजार ७६१ जना संक्रमित हुँदा ७ हजार २५७ जनाको मृत्यु भएको छ ।

    चिलीमा ३ लाख ४९ हजार ८०० संक्रमित हुँदा ९ हजार २४० जनाको मृत्यु भएको छमेक्सिकोमा ४ लाख २ हजार ६९७ जना संक्रमित हुँदा ४४ हजार ८७६ को मृत्यु भएको छ । पेरुमा ३ लाख ९५ हजार ५ जना संक्रमित हुँदा १८ हजार ६१२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या ३ लाख २७ हजार ६९० पुगेको छ भने २८ हजार ४३६ जनाको मृत्यु भएको छ । 

    पाकिस्तानमा २ लाख ७५ हजार २२५ संक्रमित हुँदा ५ हजार ८६५ जनाको ज्यान गएको छ । साउदी अरबमा २ लाख ७० हजार ८३१ हजार संक्रमित हुँदा २ हजार ७८९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ४६ हजार ४८८ पुग्दा ३५ हजार १२३ जनाको मृत्यु भएको छ ।  बेलायतमा हालसम्म ४५ हजार ८७८ जनाको मृत्यु भएको छ भने ३ लाख ६९२ जना संक्रमित रहेका छन् । यता, इरानमा २ लाख ९७६ हजार २७३ जना संक्रमित हँदा १६ हजार १४७ जनाको मृत्यु भएको छ ।
     
     जर्मनीमा २ लाख ७ हजार ९५१ जना संक्रमित हुँदा ९ हजार २०७ जनाको मृत्यु भएको छ ।बंगलादेशमा हालसम्म २ लाख २९ हजार १८५ संक्रमित हुँदा ३ हजारको मृत्यु भएको छ । टर्कीमा २ लाख २७ हजार ९८२ संक्रमित हुँदा ५ हजार ६४५ को ज्यान गएको छ ।  फ्रान्समा संक्रमित १ लाख ८३ हजार ८०४ हुँदा ३० हजार २२३ जनाको मृत्यु भएको छ । 
     
    जापानमा ३० हजार ९६१ जना संक्रमित हुँदा ९९८ जनाको ज्यान गएको छ ।चीनमा पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ६० जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।
     
    नेपालमा भने अहिलेसम्म १९ हजार ६३ जना संक्रमति फेला पर्दा १३ हजार ८७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४९ जनाको भने मृत्यु भएको छ । 
     

    बिहिवार, श्रावण १५ २०७७०७:३८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार