काठमाडाै, नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएका छन् ।
७७ जिल्लाबाट नै जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन् । विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका छन् ।
देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्ब शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने,अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगायतका माग राख्दै उनीहरुले विभागमा धर्ना दिएका थिए ।
शिक्षालाई अविलम्ब संविधानको धारा ३१ अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरियोस्, साविक उच्च मावि र बाल कक्षाका शिक्षकको कोटा स्वीकृत दरबन्दीमा परिणत गरि उमेर हद नलाग्ने गरी आन्तरिक र खुल्ला प्रतियोगिता मार्फत् स्थायी गरियोस् भन्ने मागसहित ३१ मागका साथ शिक्षकहरु आन्दोलनमा समेत रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।