बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना भाइरसको जोखिम बढेपछि सिडिओ कार्यालय काठमाडौं ल्यायो नयाँ नियम

कोरोना भाइरसको जोखिम बढेपछि सिडिओ कार्यालय काठमाडौं ल्यायो नयाँ नियम

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 4.8K
    SHARES

  • कोरोना भाइरसको जोखिम बढेपछि सिडिओ कार्यालय काठमाडौं ल्यायो नयाँ नियम

    कोरोनाभाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ ।

    सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो ।

    जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन् । नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ । त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन । बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकणर्श्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।

    शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ ।

    यस्तो छ नयाँ नियमः

    suchana.jpg

    बुधवार, श्रावण १४ २०७७११:४९:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार