बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक रेडक्रसको सक्रियतामा टेण्ट तयार, आपतकालिन अवस्थामा विस्थापितलाई पुनस्थापित गरिने

सिन्धुपाल्चोक रेडक्रसको सक्रियतामा टेण्ट तयार, आपतकालिन अवस्थामा विस्थापितलाई पुनस्थापित गरिने

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 2.2K
    SHARES

  • सिन्धुपाल्चोक रेडक्रसको सक्रियतामा  टेण्ट तयार,  आपतकालिन अवस्थामा विस्थापितलाई पुनस्थापित गरिने

    १४ साउन,सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा लगातारको अविरल वर्षापछि गएको बाढी तथा पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई तत्तकाल राख्नका लागि टेन्टहरु निर्माण गरी तयारी अवस्थामा राखिएको छ ।

    सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा लगातारको बर्षाका कारण भोटेकोशीको बहाब बढदै गएपछी भोटेकोशी किनारमा बसोबास गर्ने व्यक्तिहरुलाई पुर्नस्थापित गर्नका लागि टेन्ट राखिएको हो ।

    received_333249957844628.jpeg

    हाल रेडक्रसले बाह्रबिसे बजार नजिकैको खुल्ला स्थानमा २०० जना मानिस बस्न सक्ने क्षमताको टेन्ट राखेको छ भने बाह्रबिसे नगरपालिका ३ खाक्दलमा जिल्ला विपद् व्यवस्थापन समिती संगको समन्वयमा २० परिवार बस्न सक्ने गरी टेन्ट राखिएको जिल्ला शाखा रेडक्रसका राजकुमार लम्सालले बताए ।

    साथै साउन १३ गतेको लगातारको बर्षापछी गएको पहिरोबाट प्रभावित परिवारलाई राहात सामाग्री पनि प्रदान गरिएको छ । चौताराको ५ परिवारलाई १४ गते राहात वितरण गरिएको हो ।

    विस्थापित चौताराका पाँच परिवार मध्ये ३ परिवारलाई गैह् खाध्य सामाग्री पुरा सेट र २ परिवारलाई तार्पोलीन वितरण गरीएको छ भने जिल्ला विपद् व्यवस्थापन समितिले टेन्ट प्रदान गरेको छ । साथै विस्थापितहरुलाई भोलिबाट टेन्ट मा पुर्नस्थापित गरिने छ ।

    बुधवार, श्रावण १४ २०७७०७:४४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार