बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चौध लाख नगदसहित चार जुवाडे पक्राउ

चौध लाख नगदसहित चार जुवाडे पक्राउ

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 1.5K
    SHARES

  • चौध लाख नगदसहित चार जुवाडे पक्राउ

    १४ साउन, काठमाडौं । जिल्लाको सोताङबाट १४ लाख रूपैयाँभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरूलाई पक्राउ गरेको हो ।

    सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार रूपैयाँ नगदसहित मङ्गलबार पक्राउ गरिएको सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिए ।

    पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीको भनाइ छ ।

    उनीहरूको साथबाट कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

    जुवा खालबाट ठूलो रकमसहित जुवाडे पक्राउ परेको यो जिल्लाकै पहिलो घटना हो ।

    बुधवार, श्रावण १४ २०७७०४:०४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार