काठमाडाै, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टिनमा बस्न आवश्यक नरहेको बताएका छन् ।
विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण पनि गरेको हुने र भ्याक्सिन पनि लगाएको हुनाले क्वारेन्टिनमा बस्न आवश्यक नरहेको बताएका हुन् । त्यस्तै उनले ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाइसकेको बताए ।
१० हजार कोरोनाविरुद्धको भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर भ्याक्सिन लगाउने संघसंस्था अर्को कुनै नरहेको पनि उनले बताए । उपाध्यक्ष शर्माले भने, “ठमेलमा अधिकांश घरधनी र व्यवसायीहरुले भ्याक्सिन लगाइ सकेका छन् ।
भ्याक्सिन लगाउन विभिन्न कारणले छुट्नुभयो, कोभिडको कारण, वा काठमाडौं भन्दा बाहिर जानुभयो वा अन्य कुराले बिरामी भएर भ्याक्सिन लगाउन पाउनुभएन, त्यो ५ प्रतिशत मात्रै होला । १० हजार भ्याक्सिन ल्याएर ठमेल क्षेत्रको, ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिलको एउटै भ्याक्सिन सेन्टर बनाएर आजको दिनसम्म भ्याक्सिन लगाउने संघसंस्था भनेको हामी मात्रै हो, विदेशबाट आउँदा विदेशी पर्यटकहरुले भ्याक्सिन पनि लगाएर आएका छन् ।
७२ घण्टाअघि पीसीआर नेगेटिभ आएको छ भने उहाँहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नुको कुनै अर्थ छैन । कोरोनाको कारणले गर्दा व्यपार व्यवसाय ठप्प भएपछि कतिपय व्यवसायीहरुले आत्महत्या र कतिपय मानसिक रोगी बनेको समेत उनले उल्लेख गरे । साथै कतिपय व्यवसायीको लाइफ स्टाइल १०० बाट १० प्रतिशत तिर गइरहेको उपाध्यक्ष शर्माले बताए । उनले एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक जाने हो भने सबै व्यवसायीको आत्मबल गिर्ने उल्लेख गरे ।
उपाध्यक्ष शर्माले भने, “सरकारले मौद्रिक नीतिका कुराहरु छिटो नै कार्यान्वयन गर्नुपर्छ । होइन भने एकपछि अर्को गर्दै आइरहेको भेरियन्टमा लक (बन्द) भएर बस्दै जाने हो भने कहिलेसम्म हामी यो अवस्थामा बस्न सक्छौँ त? यसले भोलि हामीमा पनि आत्मबल गिर्छ, कति व्यवसायीक साथीहरुले सुसाइड (आत्महत्या) गरेको अवस्था छ, कति मानसिक रोगी भइसक्नुभएको छ ।
उहाँहरुलाई फाइनान्सियल टचर छँदैछ भने हिजोको लाइफ स्टाइल पनि आज घटेर १०० बाट १० प्रतिशतमा गइरहेको छ । त्यसैले यसलाई सहज बनाएर लैजाने बाहेक अर्को कुनै पनि विकल्प छैन ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।