बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना पुष्टि

पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना पुष्टि

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 1.4K
    SHARES

  • पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना पुष्टि

    १४ साउन, वीरगञ्ज । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

    २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ, जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन् । कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको उनले बताए ।

    संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

    पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पूरा नहुने भएकाले परिवारका अन्य सदस्यमा पनि संक्रमण फैलने जोखिम बढिरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

    आइसोलेसनको व्यवस्थापन अझै हुन सकेको छैन, होम आइसोलेसनमा लापरबाही भयो भने परिवारमा संक्रमण फैलन सक्ने जोखिम हुन्छ हुने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए ।

    ५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ । जसमध्ये पाँच जना आईसीयुमा छन् । आठ जनालाई त्रिजुद्ध स्कुलमा राखिएको छ । पाँच जना पर्सागढीमा, ३ जना सखुवाप्रसौनीमा र १ जनालाई ठोरीमै राखिएको छ । तर ती पालिकाहरुमा आइसोलेसन सेन्टर छैन ।

    ‘मास टेष्टिङ’बाट संकलन गरिएका १५ सयको हाराहारीमा स्वाबको नमुना परीक्षण हुन बाँकी छ ।

     

    बुधवार, श्रावण १४ २०७७०३:१५:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार