बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विराट नर्सिङ होममा चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण

विराट नर्सिङ होममा चिकित्सकसहित ७ जनामा कोरोना संक्रमण

मेगा खबर संवाददाता

१३, श्रावण २०७७
  • 1.3K
    SHARES

  • विराट नर्सिङ होममा चिकित्सकसहित ७ जनामा  कोरोना संक्रमण

    १३ साउन, विराटनगर । विराटनगर महानगरपालिकाको विराट नर्सिङ होममा कार्यरत ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २ जना कर्मचारी, १ जना कामदार र १ जना अस्पताल सञ्चालकको घरमा काम गर्ने व्यक्ति रहेका विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

    एक हप्ता यो अस्पतालमा कार्यरत १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि नै अस्पताल सञ्चालकसमेत रहेका चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनमा अहिलेसम्म ३ जना चिकित्सक, ५ नर्स र अरु कर्मचारी गरी १२ जना संक्रमित भइसकेका छन् ।

    मंगलबारसम्म विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । तीमध्ये ५६ जना पछिल्लो एक सातामा संक्रमण पुष्टि भएकाहरु रहेको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

    मंगलवार, श्रावण १३ २०७७०८:५२:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार