बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गत २४ घण्टामा थप १३९ जनामा कोरोना पोजेटिभ, संक्रमितको स‌‌‌ंख्या १८ हजार ७५२

गत २४ घण्टामा थप १३९ जनामा कोरोना पोजेटिभ, संक्रमितको स‌‌‌ंख्या १८ हजार ७५२

मेगा खबर संवाददाता

१२, श्रावण २०७७
  • 1.5K
    SHARES

  • गत २४ घण्टामा थप १३९ जनामा कोरोना पोजेटिभ,  संक्रमितको स‌‌‌ंख्या १८ हजार ७५२

    श्रावण १२ काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    विगत २४ घण्टायता देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

    पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ७५२ जना पुगेको छ ।

    हाल ४ हजार ९ सय ५० जना संक्रमितको उपचार भइरहेको छ। हाल नेपालमा प्रतिशत प्रति दश लाख ११ हजार ७४० जनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ । 

    पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन् ।

    १६ हजार ३७९ जना हाल क्वारेन्टाइनमा छन् ।  हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

    सोमवार, श्रावण १२ २०७७०७:१५:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार