श्रावण १२ सिन्धुपाल्चोक । आज गएराति परेको अविरल वर्षाका कारण चौतारा सांगाचोक नगरपालिका वडा नम्बर २ सेरामा भलबाढी पस्दा ३ घर विस्तापित भएका छन् ।
लाखौं बराबरको खेतीवाली र धनसम्पत्ति नोक्सान भएको भएता पनि मानवीय क्षति भने भएको छैन । केही पशुहरु भने नोक्सान भएको उद्धारमा खटिएका स्थानीयहरुले बताएका छन् ।
स्थानीय वासीहरु र इलाका प्रहरीहरूको उद्वार टोलीले उक्त पीडितहरूलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गरी थप क्षतिबाट जोगाएका छन् । उक्त घटनामा एक धार्मिक भवनमा समेत सामान्य क्षति देखिएको छ ।

सोही रात इलाका प्रहरी कार्यालय भवनको प्राङ्गण छेउको गारो पनि भत्किएको छ । त्यसबाट इलाका प्रहरी कार्यालय जलबिरेको भवनको प्राङगण छेउको गारो पनि भत्किएको छ । त्यसबाट इलाका प्रहरी कार्यालय जलबिरेको भवनमा आवतजावत गर्न कठिनाइका साथै असजिलो भएको छ ।

यसैगरी जलबिरे, बलेफि बिच पर्ने सडकमार्गमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जलबिरे इलाका प्रहरी कार्यालयका निरिक्षक हरी भट्टराईले मेगा खबरलाई जानकारी दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।