के तपाईको अनुहारमा चाउरी परेको छ? हटाउन प्रयोग गरिने निकै चर्चित विधि हो बोटोक्स । बोटोक्स अनुहारमा चाउरी परेको ठाउँमा इन्जेक्सन मार्फत दिइन्छ ।
सामान्यतया महिलाहरु आफ्नो बढ्दो उमेरसँगै अनुहारमा देखिने चाउरीपनालाई हटाउन बोटोक्सको प्रयोग गर्ने गर्दछन् तर यो बोटोक्स अर्थात बटुलिनम टक्सिन स्वास्थ्यका हिसावले उचिन मानिँदैन ।
यसका लागि महिलाहरुले ठूलो रकम खर्च गर्ने गरेको पाइन्छ । धेरै महिलाहरु बोटोक्स ट्रिटमेन्ट आफ्नै भान्साका सरसामानहरुबाट पनि तयार गर्न सकिनेबारे भने अनभिज्ञ छन् । हाम्रो भान्सामा उपलब्ध सरसामानबाट बोटोक्स ट्रिटमेन्ट प्याक तयार गरी प्रयोग गर्दा इन्जेक्सनले भन्दा राम्रो काम गर्छ भन्दा अचम्म लाग्न सक्छ ।
यस विधि निकै सरल छ र यसले अनुहारको चाउरी हटाई छालालाई चम्किलो र कसिलो बनाउन मद्दत गर्छ । हामी तपाईहरुलाई हाम्रो भान्सामा पाइने आलसबाट कसरी बोटोक्स प्याक तयार गर्ने र कसरी यसको प्रयोग गर्नेबारे यहाँ जानकारी दिँदैछौं ।
–आलसलाई एउटा भाडामा एक दिन अगाडि नै भिजाएर राख्ने । भोलिपल्टसम्म यो जेलमा परिणत हुन्छ । आलसको जेलमा चामलको पिठो बराबरी मात्रामा मिलाउने । यसमा ८१० थोपा ओलिभ तेल अर्थात नरिवलको तेल वा बदामको तेल आफूसँग जे उपलब्ध छ त्यो मिसाउने । यसमा एक चिया चम्चा मह र आधा चम्चा गुलाव जल मिलाएर प्याक बनाउने ।
–राति सत्नु अगाडि तयार आलसको प्याकलाई हल्का मालिस गर्दै अनुहारमा लगाउने र आधा घण्टापछि चिसो पानीले पखाल्ने । यो प्याकलाई दिनहुँ पाँच दिनसम्म लगाउने । दुई महिनासम्म यसको असर देखिने छ । दुई महिनापछि पुन यहि विधिलाई दोहोर्याउन सकिन्छ ।
–तयार प्याकलाई एउटा बट्टामा राखेर फ्रिजमा राख्ने हो भने यो पाँच दिनसम्म प्रयोग गर्न सकिन्छ ।
–२५ वर्षको उमेरपछि यो विधिको प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा चाउरी हुनबाट जोगाउनुका साथै अनुहारलाई कोमल बनाई चमक ल्याउनमा मद्दत गर्दछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।