बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

परीक्षा अघि विद्यार्थीलाई खोप र नि:शुल्क PCR परिक्षण गरियोस्: ने. बि.संघ 

परीक्षा अघि विद्यार्थीलाई खोप र नि:शुल्क PCR परिक्षण गरियोस्: ने. बि.संघ 

मेगा खबर संवाददाता

१७, श्रावण २०७८
  • 1.4K
    SHARES

  • परीक्षा अघि विद्यार्थीलाई खोप र नि:शुल्क PCR परिक्षण गरियोस्: ने. बि.संघ 

    काठमाडाै, नेपाल विद्यार्थी संघले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप र नि:शुल्कPCR परिक्षण गराउन सरकार संग माग गरेको छ ।
    संघका महामन्त्री बलदेव तिमल्सिनाले साउन ३१ गते शुरु हुने कक्षा १२ को परीक्षामा ४ लाख विद्यार्थी सहभागी हुन लागेको भन्दै  उनीहरुलाई  खोपको ब्यबस्था गर्न,परीक्षा दिनुअघि नि:शुल्क कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

    यस्तै परिक्षामा सहभागी हुने विद्यार्थी संख्या अत्याधिक भएको  र परिक्षा केन्द्र कम हुँदा  स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले परिक्षा केन्द्र बढाएर परीक्षा सञ्चालन गराउन पनि महामन्त्री तिमल्सिनाले माग गरेका छन् ।

    आइतवार, श्रावण १७ २०७८०७:२२:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार