बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वीरगञ्जमा कोरोना संक्रमण फैलिएपछि गरीयो अनिश्चितकालीन बन्द

वीरगञ्जमा कोरोना संक्रमण फैलिएपछि गरीयो अनिश्चितकालीन बन्द

मेगा खबर संवाददाता

१०, श्रावण २०७७
  • 2.1K
    SHARES

  • वीरगञ्जमा कोरोना संक्रमण फैलिएपछि गरीयो अनिश्चितकालीन बन्द

    १० साउन, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा धेरै फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

    अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसाय समेत बन्द गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।

    कोरोना संक्रमणको जोखिम कम भएको भन्दै सरकारले चार महिने लामो लकडाउन अन्त्य गरेपछि मानिसहरुको भिडभाड र आउजाउ बढेको छ । जसकारण समुदायस्तरमा संक्रमण फैलिदै गएको हुँदा स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न दबाव बढेको हो ।

    छिमेकी मुलुक भारतको बिहारमा कोरोना संक्रमितको संख्या बढ्दै गएको हुनाले विशेषगरी त्यँहाबाट प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ । लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको बस्नेतले बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गर्ने निर्णय गरीएको उनले बताए ।

    निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय भएको छ ।

    मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू तथा भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको बस्नेतले बताए ।

     

    शनिवार, श्रावण १० २०७७०८:२८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार