बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती प्रदेशको कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

बागमती प्रदेशको कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

मेगा खबर संवाददाता

१५, श्रावण २०७८
  • 1.3K
    SHARES

  • बागमती प्रदेशको कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु

    बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म ४ हजार ३९ जनाको मृत्यु भएको छ ।

    कोरोनाको पहिलो र दोस्रो लहरमा प्रदेशका १३ जिल्लाका कुल संक्रमितको १ दशमलव ०८ प्रतिशत अर्थात ४ हजार ३९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाइएको छ ।  

    मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ५ जना पुरुष रहेका छन् भने ३ जना महिला रहेका छन् ।  संक्रमणका कारण काठमाडौं र भक्तपुरमा २–२ जनाको मृत्यु भएको छ भने धादिङ, दोलखा, मकवानपुर र सिन्धुपाल्चोकमा १–१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। पुरुषोतम सेढाइँले जानकारी दिए ।

    बागमती प्रदेशमा २१ लाख ९२ हजार ४ सय ७४ जनाको कोरोना परीक्षण गर्दा ३ लाख ७२ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । यो कुल परीक्षणको १६ दशमलव ९९ प्रतिशत छ ।

    बागमती प्रदेश रहेका कुल संक्रमित मध्ये करिव ९६ प्रतिशत संक्रमणमुक्त भएका छन् । प्रदेशका १३ जिल्लाका कुल ३ लाख ७२ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएकोमा ३ लाख ५७ हजार ४ सय ६१ जनामा कोरोना संक्रमण निको भएको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका ७ सय ७१ जनामा कोरोना संक्रमण निको भएको छ ।

    सक्रिय संक्रमितको संख्या ११ हजार नजिक

    यसैगरी बागमती प्रदेशमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार नजिक  रहेको छ । प्रदेशको काठमाडौं उपत्यका सहितका जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९७ जना रहेका छन् ।

    जसमध्येमा होम आइसोलेशनमा ९ हजार ३ सय २२ जना रहेका छन् भने १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसीयू, भेन्टिलेटर, एचडीयू र संस्थागत आइसोलेशनमा बसिरहेका छन् ।

    प्रदेशका १३ जिल्लाको विभिन्न अस्पतालले संचालन गरेको आईसीयूमा ३ सय ८१ जना, एचडियूमा ७ सय ९ जना, भेन्टिलेटरमा ८६ जना, सामान्य उपचार कक्षमा २ सय १६ जनाको उपचार भइरहेको प्रवक्ता डा। सेढाइँले बताए । २ सय ३८ जना कोरोना संक्रमितहरु भने प्रदेशमा विभिन्न स्थानीय तह, अस्पताल र संस्थाहरुले संचालन गरेको संस्थागत आइसोलेशनमा बसिरहेको उनले बताएका छन् ।

    शुक्रवार, श्रावण १५ २०७८१०:५०:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार