काठमाडाै, संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना बिरूद्दको खोप लगाउन सुझाव दिएको छ ।
आज बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्ड बारे भएको छलफलमा समिति सभापति जयकुमारी घर्तीले कक्षा १२ को परीक्षा सहज रूपमा सञ्चालन गर्न खोपका लागि पहल गर्ने उल्लेख गरेकि छिन् ।
साउन ३१ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्न लागिएको सन्दर्भमा सम्भव भएसम्म विद्यार्थीलाई खोप लगाउन पहल गर्ने र परीक्षा दिन छुटेका विद्यार्थीलाई पुनः परीक्षा दिने ब्यवस्था गर्न निर्देशन दिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।