काठमाडौँ । बिहीबार साँझ सीतापाइलामा एक २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको थियो ।
बिहीबार राति ११ बजे एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ परेका छन् ।
उनी साँझ पौने आठ बजे तिर दही किन्न भनि डेराबाट बाहिर निस्केकी थिइन त्यहि समयमा भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।
युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमद हुन् । मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन-४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छ्यापेको खुलेको छ ।
घटनास्थल नजिकै रहेको सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
युवतीले सीसी टीभी फुटेजमा देखिएका व्यक्तिलाई चिनेकी थिइनन् । तर, अनुसन्धान गर्दै जाँदा उनका साहु पनि कार्की परिवारका व्यक्तिले चिनेको भएको खुलेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।