बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रञ्जन कोइराला, पूर्वडीआईजी आज जेलबाट रिहा

रञ्जन कोइराला, पूर्वडीआईजी आज जेलबाट रिहा

मेगा खबर संवाददाता

८, श्रावण २०७७
  • 2.1K
    SHARES

  • रञ्जन कोइराला, पूर्वडीआईजी आज जेलबाट रिहा

    ८ साउन, काठमाडौं । डिल्लीबजार कारागार प्रशासनले पूर्वसशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई बिहीबार जेलमुक्त गरेको हो ।


    सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोइराला बिहीबार जेलमुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि पूर्वडीआईजी कोइराला जेल परेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाएका थिए । शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । 

    कोइरालालाई लिन उनकी प्रेमिका तारा डिल्लीबजार कारागार पुगेकी थिइन् । तारा पनि रञ्जन पत्नी हत्या अभियोगकी प्रतिवादी हुन् । एक वर्ष जेल सजाय भोगेर उनी छुटेकी थिइन् । उनी पूर्वराष्ट्रिय भलबल खेलाडी पनि हुन् । उनका अन्य आफन्तहरु भने कारागारमा देखिएनन् । सञ्चारकर्मीतर्फ हेरेर हात हल्लाउँदै कोइराला कारागारबाट बाहिरिएका थिए । 

    बिहिवार, श्रावण ८ २०७७०१:४७:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार