बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीको काम अनलाइनबाट

प्रदेश प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीको काम अनलाइनबाट

मेगा खबर संवाददाता

८, श्रावण २०७७
  • 1.4K
    SHARES

  • प्रदेश प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीको काम अनलाइनबाट

    ८ साउन, विराटनगर । बुधबार एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

    प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् । अझै केही दिन कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट नै हुने प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले बताए ।

    संक्रमित प्रहरीमा रुघाखोकीको समस्या देखिएपछि एक साताअघि नै होम क्वरेन्टिनमा बसेका थिए । प्रदेश प्रहरी कार्यालयका थप १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ र १२ जनाको रिपोर्ट आएपछि थप १५० जनाको नमुना संकलन गर्न लगिने उनले बताए ।

     

    बिहिवार, श्रावण ८ २०७७१०:४८:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार