बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना उपचारपछि निको

नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना उपचारपछि निको

मेगा खबर संवाददाता

७, श्रावण २०७७
  • 1.5K
    SHARES

  • नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना उपचारपछि निको

    हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन्

    नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा देशभरबाट थप १ सय जनामा कोरोना पुष्टि भएको छ ।

     बितेको २४ घण्टामा मात्र २ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किए। त्यो भनेको कुल संक्रमितको अनुपातमा ७० दशमलव १ प्रतिशत हो 

    हाल नेपालमा ५ सय ३० जना रेड जोन अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंको ३ जनानै काठमाडौंका रहेका छन् ।

    नेपालमा हालसम्म कोरोनाको कारण ४२ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा एक नेपाली र एक चिनियाँ महिला रहेका छन् ।


    बुधवार, श्रावण ७ २०७७०७:३५:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार