सरकारले ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) मेसिन खरिद गरेसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउने भएका छन्।
स्वास्थ्य सेवा विभागका व्यवस्थापन शाखा प्रमुख रमेशप्रसाद खरेलले ७ वटा मेसिन आइपुगेको जानकारी दिए । उनले अब मेसिनको गुणस्तर जाँच गरेर यथाशिघ्र तोकिएका प्रयोगशालाहरूमा पठाइने बताए ।
धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, धुलिखेल, वीरगन्ज र विराटनगर गरी प्रत्येक प्रदेशमा एक/एक वटा मेसिन पठाइने भएको छ ।
अब यो मेसिनबाट उक्त प्रयोगशालाहरूले आफ्नो परीक्षण संख्या दोब्बर पुर्याउन सक्छन् । यो मेसिनले स्वाबमा भएको 'आरएनए' लाई छोटो समयमै आफैं छुट्याउने गर्छ।
अहिलेसम्म प्रयोगशालाहरूमा यो काम प्राविधिकहरूले हातले नै गरिरहेका छन् । जसले गर्दा बढी समय लाग्ने र परीक्षण पनि कम भइरहेको छ ।
यो मेसिन अहिले देशभर रहेका प्रयोगशालाहरूमध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र छ ।
त्यसैले प्रयोगशालाले दैनिक १ हजार बढी स्वाबको परीक्षण गर्दै आएको छ । यो मेसिन नभएका अन्य प्रयोगशालाहरूले अहिले दैनिक २ सय ५० जनाको परीक्षण गर्दै आएका छन् ।
अब मेसिन सुचारू भएपछि प्रयोगशालाहरूले त्यो संख्यालाई ५ सय पुर्याउन सक्छन् । यस्तै, परीक्षणको लागि चाहिने ‘आरएनए’ किट पनि ३ लाख थान आइपुगेको विभागले जनाएको छ ।
त्यसैले, तत्काल परीक्षण किटको अभाव नहुने बताइएको छ । आवश्यक अनुसार थप किट खरिद गरिने विभागले जनाएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।