बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरी कर्मचारीमा काेराेना देखिएपछि जिप्रका स्याङ्जामा प्रवेश निषेध

प्रहरी कर्मचारीमा काेराेना देखिएपछि जिप्रका स्याङ्जामा प्रवेश निषेध

मेगा खबर संवाददाता

७, श्रावण २०७७
  • 3.0K
    SHARES

  • प्रहरी कर्मचारीमा काेराेना देखिएपछि जिप्रका स्याङ्जामा प्रवेश निषेध
    ७ साउन, काठमाडौं । स्याङ्जामा तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
     
    डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै सर्वसाधरण तथा सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको हो ।संक्रमण देखिएका तीनै जनालाई पुतलीबजार नगरपालिका–११ स्थित आइसोलेसन वार्डमा पठाइएको उनले बताए ।
     
    जिप्रमा करिब ८५ जना प्रहरी कर्मचारी कार्यरत छन् । सबै जनाको कोरोना परीक्षणका लागि बुधबारदेखि नै स्वाब संकलनको काम भइरहेको छ । बुधबार करिब ३५ जनाको स्वाब संकलन भएको छ । बाँकीको बिहीबार हुन्छ । परीक्षणको रिपोर्ट नआउन्जेल कार्यालयमा प्रवेश निषेध गरीएको डीएसपी अधिकारीले बताए ।

    big.jpg

    बुधवार, श्रावण ७ २०७७०६:५४:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार