बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लकडाउन सकिएपनि पास बिना उपत्यका छिर्न नपाइने

लकडाउन सकिएपनि पास बिना उपत्यका छिर्न नपाइने

मेगा खबर संवाददाता

७, श्रावण २०७७
  • 2.0K
    SHARES

  • लकडाउन सकिएपनि पास बिना उपत्यका छिर्न नपाइने

    सरकारले गए रातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि कोरोना संक्रमण अझ फैलिन नदिन एक जिल्लाबाट अर्को जिल्लामा बिना पास भित्रिन नपाउने व्यवस्था गरीएको छ ।

    अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलवारदेखि लकडाउन अन्त्य भएपनि काठमाडौं उपत्यका भित्रिने निजी सवारी साधनले पास लिनुपर्ने पुरानो व्यवस्था यथावत रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

    सरकारले लकडाउन खुकुलो बनाउँदै एउटा जिल्लाभित्र चल्ने सार्वजनिक यातायात सुचारु गर्ने  तर लामो दूरीका सवारी साधन भने भदौ १ गतेबाट मात्र चलाउने निर्णय गरेको  छ ।

    बुधवार, श्रावण ७ २०७७०६:२१:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार