बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजदेखि उपत्यकाका ३१ स्थानमा मापासे चेकिङ सुरु

आजदेखि उपत्यकाका ३१ स्थानमा मापासे चेकिङ सुरु

मेगा खबर संवाददाता

७, श्रावण २०७७
  • 1.5K
    SHARES

  • आजदेखि उपत्यकाका ३१ स्थानमा मापासे चेकिङ सुरु

    मंगलबार खुलेको लकडाउनसगैँ महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि मादक पदार्थ सेवन चेकिङ गर्ने भएको छ ।

    लकडाउन खुलेको घोषणा भएसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

    बुधबारदेखि कडाइका साथ मापसे चेक गरीने, मापसे गर्ने क्षेत्रमा निगरानी बढाउँने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने एसएसपी ढकालले बताए ।

    तर मापसे गरेरनगरेको जाँच्न अहिलेलाई मेसिनको प्रयोग भने नगर्ने उनले बताए । चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिई, बोली र वचन हेरी मापसे गरेरनगरेको थाहा पाउन सकिने उनले बताए ।

    उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा ३९ स्थानमा चेक पोइन्ट राखिनेछ ।


    बुधवार, श्रावण ७ २०७७०२:१४:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार