बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

२४ घण्टामा ६ सय नाै जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किए

२४ घण्टामा ६ सय नाै जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किए

मेगा खबर संवाददाता

६, श्रावण २०७७
  • 2.5K
    SHARES

  • २४ घण्टामा ६ सय नाै जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किए

     नेपालमा हालसम्म काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १७ हजार नौ सय ९४ जना पुगेको छ ।

    मङ्गलबार एक सय ५० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार नौ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    बितेको २४ घण्टामा ६ सय नाै जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १२ हजार चार सय ७७ पुगेको छ । यो कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।

    नेपालमा अहिलेसम्म पाँच हजार चार सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार सात सय चार जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।

    मंगलवार, श्रावण ६ २०७७०५:१३:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार