बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 2.8K
    SHARES

  • भान्जा अपहरण गरेर हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

    आफ्नै भान्जाको अपहरणपछि हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले १४ वर्षपहिले आफ्नै भान्जाको अपहरणपछि हत्या गरी भागेका राजेश गुप्तालाई भारतबाट पक्राउ गरी ल्याएको हो ।

    २०६४ सालमा भान्जा रोहित गुप्ताको हत्या गरेको अभियोगमा गुप्ता पक्राउ परेका हुन् । रोहित अपहरणमा परेपछि उनका बुबाले फिरौती समेत दिएको खुलेको छ ।

    रोहित बौद्धस्थित एक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए। तर फिरौती रकम लिएर उनको राजेशले हत्या गरेका थिए । बालकका परिवार विशालबजारमा पसल सञ्चालन गर्थे । राजेश भने भारतीय नागरिक हुन्। प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी गुप्तालाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

    आइतवार, श्रावण ४ २०७७०३:११:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार