बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बेँसीशहर-चामे सडक अवरुद्ध

बेँसीशहर-चामे सडक अवरुद्ध

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 9.1K
    SHARES

  • बेँसीशहर-चामे सडक अवरुद्ध

    काठमाडौं । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाले आज बिहान पहिरो जाँदा सो स्थानमा सडक अवरुद्ध भएको हो ।

     

    लमजुङ –मनाङको एक मात्र यस सडकखण्डको च्याम्चेमा पहिरो जाँदा सडक अवरुद्ध भइरहेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनीयर सुमन अधिकारीले बताए । उनका अनुसार सो स्थानमा सडक माथिबाट पहिरो खस्दा करीब २० मिटर सडक अवरुद्ध भएको छ । ठूल्ठूला ढङ्गासहितको पहिरो पन्छाउन समय लाग्ने उनको भनाइ छ ।

    सो पहिरो एक्साभेटरले हटाउने तयारी भएको र समय लाग्ने भएको छ । सो स्थानबाहेक सडकखण्डअन्तर्गत गाउँपालिकाको रामबजारमा समेत गएको पहिरो भने हटाइसकेको छ । अन्य स्थानमा समेत सानासाना पहिरो गएको र सवारीसाधन सञ्चालन हुन सक्ने भए पनि च्याम्चेको पहिराले सञ्चालन हुन नसकेको इ अधिकारीले बताए ।

    पैँसठ्ठी किमीको सो सडक दैनिकजसो अवरुद्ध हुँदै खुल्दै आएको छ । बेँसीशहरस्थित तत्कालीन कार्यदल नेपाली सेनाले २०६९ सालमा सो सडकको निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेयता सवारीसाधन सञ्चालन हुँदै आएको छ । हालसम्म पनि गुणस्तरीय सडक हुन नसक्दा वर्षेनी वर्षायाममा सडक अवरुद्ध र बिग्रिने गर्नाले सवारी साधनदेखि यात्रुलाई समस्या हुँदै आएको छ ।

    आइतवार, श्रावण ४ २०७७०२:०९:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार