बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 2.0K
    SHARES

  • नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

    कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर गत शुक्रबार घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।

    विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएका हुन् ।

    कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो ।

    आइतवार, श्रावण ४ २०७७१२:४०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार