बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

साउनको पहिलो सोमबार पशुपति नखुल्ने, सरकारको निर्णय कुर्दै कोष

साउनको पहिलो सोमबार पशुपति नखुल्ने, सरकारको निर्णय कुर्दै कोष

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 1.2K
    SHARES

  • साउनको पहिलो सोमबार  पशुपति नखुल्ने, सरकारको निर्णय कुर्दै कोष

    साउनको पहिलो सोमबार (भोलि ५ गते) दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ।

    सरकारले नै मन्दिर, विद्यालयलगायत धेरै भीडभाड हुने ठाउँ नखोल्ने निर्णय जारी राखेकोले पशुपतिमा भक्तजनका लागि खुल्ला नगरिएको हो।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म भक्तजनका लागि पूजाआजा र दर्शनका लागि मन्दिर खुल्दैन।

    ‘सरकारले नै मन्दिरलगायत नखोल्ने भनेको छ। साउन ७ सम्म त लकडाउन नै छ,’ उनले  भने, ‘नित्य पूजा त भइरहेको छ। भक्तजनका लागि सरकारले मन्दिर खोल्ने निर्णय नगरेसम्म खुल्दैन।’

    कोरोनाभाइरस संक्रमण नघटेका बेला भक्तजनका लागि मन्दिर खोल्नु उपर्युक्त नहुने पनि उनले बताए।

    ‘भट्ट, भण्डारीलगायत पूजारीहरूले पनि सामाजिक दूरी कायम गरी नित्य पूजा गर्नु भएको छ,’ उनले भने, ‘अहिले नै मन्दिर पूजाआजा र दर्शनका लागि खोल्ने र पूजारीमा संक्रमण देखियो भने त ठूलो संख्यामा भक्तजनमा फैलन सक्ने जोखिम रहन्छ त्यसकारण पनि अहिले नै मन्दिर खुल्दैन।’

    उनले सरकारले नै मन्दिर खोल्ने निर्णय गरेपछि पनि पशुपतिमा पहिलेझैं दर्शन गर्न पाइने छैन।

    ‘भक्तजनले ल्याएका सामान बाहिरै राख्नुपर्नेछ। मन्दिरमा दर्शन गरेर फर्कने गरी प्रोटोकल बनाएर लागू गर्ने तयारीमा छौं,’ सदस्य सचिव ढकालले भने।

    साउने सोमबार शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्छन्। व्रत बसेकाहरू सोमबार पशुपतिमा पूजा गर्न जाने चलन छ। अघिल्ला वर्षहरूमा साउने सोमबार पशुपतिमा भीडभाड लाग्ने गर्थ्यो।

    आइतवार, श्रावण ४ २०७७१२:३६:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार