बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मोरङमा चोरी गर्ने बाबु छोरा पक्राउ

मोरङमा चोरी गर्ने बाबु छोरा पक्राउ

मेगा खबर संवाददाता

४, श्रावण २०७७
  • 1.9K
    SHARES

  • मोरङमा चोरी गर्ने बाबु छोरा पक्राउ

    मोरङ। उर्लाबारीमा चोरीमा संलग्न बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका ३ मंगलबारेस्थित अम्बिकाप्रसाद रिजालको घरमा चोरी गरेको आरोपमा उर्लाबारी ३ सालबारीका १८ बर्षीय सुनिल उराउ र बुबा ५५ बर्षीय मुगु उराउलाई प्रहरीले पक्राउ गरेको हो ।

    रिजालको घरमा साउन १ गते बिहान ३ बजेतिर ओप्पो र सामसुुङका मोबाइल सेट, चाँदीको पाउजुु, सुनका गहना, काँसका थाल र लत्तापकडा चोरी भएको थियो । घटनापछि प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा बाबु छोराकै संलग्नता रहेको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

    चोरी भएका सामान उराउको घरबाट बरामद भएपछि बाबु छोरालाई नै पक्राउ गरी चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रवक्ता राई ले बताए। घटनामा संलग्न वायाँ चौधरी फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    आइतवार, श्रावण ४ २०७७११:२५:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार