रौतहट – रौतहट स्थित प्रहरीले दुईवटा मोटरसाईकल सहीत लाखौं मूल्य बराबरको बिभिन्न तस्करीको सामान बरामद गरेको छ ।
प्रहरीचौकी रमपुरवाको टोलीले दुईवटा भारतिय नम्बरको मोटरसाईकल सहीत एकलाख १९ हजार बराबरको बिभिन्न ब्राण्डको मदिरा र भारतिय कपडा बरामद गरेको हो ।
भारतीय बजार कुण्डवा चैनपुरबाट भन्सार छली ल्याएका सामान र रौतहटबाट भारतीय बजारमा लैजान लागेको बिभिन्न ब्राण्डका मदिरा ईशनाथ नपाको सिमाक्षेत्रबाट बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।
बरामद सामानसहित दुईवटा मोटरसाइकल आवशयक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।