काठमाडौं । मोरङको केराबारीमा घर नजिकै रहेको कुलोमा डुबेर ३ बर्षे बालकको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ स्थायी घर भई मोरङको केरावारी गाउँपालिका ७ मा रहेको मावली घरमा बस्दै आएका हर्क बहादुर लिम्बुका ३ वर्षे छोरा बियन लिम्बुको मृत्यु भएको हो ।
मृत फेला परेका बालकको शव परिक्षणको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।