बैतडी । पञ्चेश्वर गाउँपालिकाका बाबुछोरा नै बलात्कारको आरोपमा पक्राउ परेका छन् । छोरीलाई बलात्कार गरेको अरोपमा बाबु र आमा बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका हुन् ।
पञ्चेश्वर गाउँपालिकाका ५४ वर्षीय पुरुषले आफ्नी ११ वर्षीया छोरी बलात्कार गरेको आरोप छ । उनीमाथि जिल्ला अदालत बैतडीले अनुसन्धानको लागि बिहीबार पाँच दिनको म्याद थप गरेको छ । ती पुरुषमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पक्राउ परेका ती पुरुषका छोरा पनि आमा बलात्कारको आरोपमा पक्राउ परेका छन् । आफ्नी ६२ वर्षीय आमा बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ परेका हुन् । उनको पनि जबरजस्ती करणी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।