बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इलाममा एकैदिन ६ जनामा कोरोना

इलाममा एकैदिन ६ जनामा कोरोना

मेगा खबर संवाददाता

१, श्रावण २०७७
  • 2.7K
    SHARES

  • इलाममा एकैदिन ६ जनामा कोरोना

    इलाम । इलाम नगरपालिकामा एकैदिन ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । इलामको जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेका ६ जनामा बिहीबार कोरोना पुष्टि भएको हो ।

    इलाम नगरपालिका–८ का एक जना, इलाम नगरपालिका–१० का तीन जना र इलाम नगरपालिका–७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभएको छ ।

    कोरोना पुष्टि हुने सबै ४० वर्ष मुनिका पुरुष रहेको जनाइएको छ । कुवेत, साउदी, कतार र भारतबाट आएका र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानमा कोरोना देखिएको हो ।

    पाँच जना १७ गतेबाट क्वारेन्टाइनमा बसेका थिए। सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । उनीहरुको गत २८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् ।

    बिहिवार, श्रावण १ २०७७०३:२०:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार