काठमाडौं । मेलम्ची खानेपानी आयोजनाकोे सुरुङमा बेपत्ता भएका इञ्जिनियरको शव भेटिएको छ । आयोजनाकोे सुरुङमा परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको हो ।
सुरुङमा पानी परीक्षण गर्ने १७ नम्बरको ड्याम फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएको थियो । बेपत्ता मध्ये २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव भेटिएको हो ।
इञ्जिनियर गोहितको बुधबार दिउँसो ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । बेपत्ता ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको उहाँले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।