बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

मेगा खबर संवाददाता

१, श्रावण २०७७
  • 2.5K
    SHARES

  • इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

    तेहरान । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतंकवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।

    इरानी समाचार संस्था इर्नाले बुधवार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ । तर आक्रमणमा जिम्मेवार समूहको नाम भने उल्लेख गरिएको छैन ।

    विगत ४० वर्षभन्दा बढीदेखि इरानले कुर्दिस लडाकूसँग संघर्ष गरिरहेको छ । कुर्दिस लडाकूहरुले छिमेकी मुलुक इरानको कुर्दिस्तानमा आधार खडा गरी इरानी सेना र इरानी कार्यालयहरुमाथि आक्रमण गर्ने गरेका छन् 

    बिहिवार, श्रावण १ २०७७०२:३०:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार