बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नारायणी नदी किनारमा शव भेटियो

नारायणी नदी किनारमा शव भेटियो

मेगा खबर संवाददाता

१, श्रावण २०७७
  • 2.5K
    SHARES

  • नारायणी नदी किनारमा शव भेटियो

    नवलपरासी । नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका वडानम्बर ६ का ५९ वर्षीय कृष्णप्रसाद चालिसेको नदी किनारमा शव भेटिएको हो ।

    गैँडाकोट–७ स्थित नारायणी नदी किनारमा चालिसेलाई मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । असार ३० गते मंगलबार दिउँसो घरबाट निस्किएका चालिसे बुधबार साँझ मृतावस्थामा भेटिएका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो । मंगलबार साँझसम्म चालिसेलाई स्थानीयवासीले घुम्दै गरेको अवस्थामा देखेको भए पनि उनको मृत्यु के कारणले भएको हो ? भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाले जानकारी दिनुभयो ।

    चालिसेको शवलाई परीक्षणका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको छ । परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । चालिसेको मृत्यु शंकास्पद देखिएकाले आफूहरुले थप अनुसन्धान अघि बढाएको थापाले बताउनुभयो ।

    बिहिवार, श्रावण १ २०७७१२:०९:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार