दाङमा तेस्रो मुलुकबाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरू पाँचै जना बबई गाउँपालिका निवासी हुन् । बाँकेको भेरी अस्पतालमा मंगलबार गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित बबई गाउँपालिका वडा नम्बर ६ का ४३ र ३८ वर्षीय, वडा नम्बर २ का २४, वडा नम्बर ३ का २८ र वडा नम्बर ४ का ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले जानकारी दिए । संक्रमित मध्ये चार जना कुवेतबाट र एक जना दुवईबाट आएका रहेका छन् ।
कोरोना संक्रमण देखिएका पाँचै जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको पौडेलले बताए । उनका अनुसार पदमपुर क्वारेन्टिनमा तेस्रो मुलकबाट आएका ५५ जना छन् । उनीहरू पनि त्यही क्वारेन्टिनमा बस्दै आएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।