बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महासंघले पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय

महासंघले पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय

मेगा खबर संवाददाता

३१, आषाढ २०७७
  • 1.6K
    SHARES

  • महासंघले पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने  निर्णय

    नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकारको दैनिक जीवनयापनमा समस्याका कारण पेशाबाटै पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आउन नदिन महासंघले आपतकालीन राहत कोष स्थापना गर्ने पहलकदमी लिएको हो । 

    महासंघ केन्द्रीय समितिले ३० लाख रुपैया जम्मा गरेर सुरुआत गरेको कोषमा नेपाल पत्रकार महासंघका बेलायत, युरोप, जापान, युएई, कोरिया, कुवेत, भारत, कतार शाखा तथा नेपाल अमेरिका पत्रकार संघ नेजा र नेपालिज जर्नालिष्ट एशोसिएसन अष्टेलियाले एक महिनाभित्र सकेको रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । 

    महासंघका प्रदेश र जिल्ला शाखा, एसोसिएट र प्रतिष्ठानको पहलमा समेत कोषमा रकम जम्मा गरिने उनले बताए ।  

    कोषमा जम्मा भएको रकम नमासिने गरी अक्षय कोषमा राखिने र त्यसको ब्याजबाट आपतकालीन समस्याबाट पीडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने महासंघको भनाइ छ । 

    यस्तै  कोष सञ्चालन निर्देशिका र मापदण्ड पनि तयार गर्ने बताउँदै महासंघले सहयोग गर्न चाहने संघ, संस्था र व्यक्तिहरुलाई नेपाल बंगलादेश बैंकको खाता नं  ००१०७००३१५ उपलब्ध गराएको छ । 

    कोभिड १९ सक्रमणका कारण कतिपय पत्रकारले जागिर गुमाउनु परेको, बेतलवी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको जस्ता समस्या भोग्नु परेको अवस्थामा महासंघले यस्तो पहलकदमी लिएको हो । 

    यसैबीच श्रमजीवी पत्रकार नियमावलीको व्यवस्थाअनुसार सञ्चारमाध्यमले विज्ञापनको १० प्रतिशत रकमबाट पत्रकार कल्याणकोष स्थापना गर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा महासंघले आपत्ति प्रकट गरेको छ । 

    बुधवार, आषाढ ३१ २०७७१२:२१:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार