बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

तपाई राति कति सुत्नुहुन्छ ? यस्ता रोगका सिकार भइएला है

तपाई राति कति सुत्नुहुन्छ ? यस्ता रोगका सिकार भइएला है

मेगा खबर संवाददाता

१२, आषाढ २०७८
  • 1.6K
    SHARES

  • तपाई राति कति सुत्नुहुन्छ ? यस्ता रोगका सिकार भइएला है

    तपाई राति थोरै सुत्ने गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस् । हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि कम सुत्ने मानिसले डिप्रेसनको सामना गर्नुपर्ने हुनसक्छ । 

    अध्ययनका अनुसार राति ८ घण्टाभन्दा कम समय सुत्ने मानिसलाई डिप्रेसन हुने सम्भावना धेरै हुन्छ । अमेरिकाको बिङ्घमटन विश्वविद्यालयका शोधकर्ताहरुले राति कम सुत्ने मानिसहरुमाथि अध्ययन गरेर यस्तो तथ्य पत्ता लगाएका छन् ।

    मानिसहरुको सुत्ने अवधि तथा निद्राका दौरान आउने नकरात्मक बिचारबारेमा पनि अध्ययन गरेका थिए । अध्ययनबाट यो पनि पत्ता लाग्यो कि निद्राका दौरान आउने नकरात्मक बिचारले निद्रामा असर गर्छ । 

    शोधकर्ताहरुले धेरै सहभागीहरुमाथि यस्तो अध्ययन गरेर यस्तो निश्कर्ष निकाले छन् । शोधका दौरान सहभागीहरुले सुतिरहेका बेला व्यक्त गर्ने भावतात्मक प्रतिक्रिया र गतिविधिमाथि अध्ययन गरिएको थियो । 

    शोधकर्ता मेरिडिथ कोल्सले भने,सुत्ने बेला विभिन्न प्रकारका नकरात्मक सोचाइसँग जुझ्ने व्यक्ति छिट्टै डिप्रेसनको सिकार हुन्छन् ।  कम सुत्दा पनि मनमा नकरात्मक सोचहरुको विकास हुने गरेको उनको भनाइ रहेको छ । 

    शनिवार, आषाढ १२ २०७८०६:०४:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार