बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा जिल्ला कमिटि सिन्धुपाल्चोकद्वारा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त

नेकपा जिल्ला कमिटि सिन्धुपाल्चोकद्वारा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 3.3K
    SHARES

  • नेकपा जिल्ला कमिटि सिन्धुपाल्चोकद्वारा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त

    काठमाण्डौं । अविरल वर्षासंगै बुधबार आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै नेकपा जिल्ला कमिटि सिन्धुपाल्चोकले मंगलबार बसेको बैठकमा शोक प्रस्ताव पारित गरेको छ ।

    received_318528785955034 (1).jpeg

    सिन्धुपाल्चोकको बाह्रविशे नगरपालीका, भोटेकोशी गाउँपालिका र जुगल गाउँपालिकामा गत बुधबार अविरल वर्षासंगै आएको बाढी तथा पहिरोमा परी गरि २२ जना वेपत्ता भएका थिए भने दई जनाको मृत्यु भएको थियो ।

    नेकपा जिल्ला कमिटि सिन्धुपाल्चोकको मंगलबार बसेको बैठकले बाढी तथा पहिरो पिडितहरुको खोजी, राहत, पुनस्र्थापना, क्षतिपुर्ति तथा यातायातको पुनः संचालन लगायतका विषयमा तिनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।

    बढ्दो पा्रकृतिक बिपतसँग सम्बन्धित सवालहरुमा आवश्यक कार्य यथाशिघ्र सम्बोधन र सम्पादन गर्नका लागि ६ सदस्यिय कार्यदल गठन गरेको नेकपाका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला कमिटि सह संयोजक माधब सापकोटा सुबोधले जानकारी दिनुभयो ।

    साथै बैठकले मानविय कार्यमा सक्रियपूर्वक लागि परेका आमपार्टी पंक्ति, राष्ट्र सेवक कर्मचारी, स्थानीय जनप्रतिनध लगायतलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यमा निरन्तर सक्रिय रहन समेत अपिल गरेको छ ।

    received_273525363928006.jpeg

    मंगलवार, आषाढ ३० २०७७०६:४४:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार