कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । संगठनका निर्देशक डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरस विरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने चेतावनी दिएका हुन् ।
उनले नेताहरुका मिश्रित सन्देशले विभिन्न देशका नागरिक अलमलमा परेका पनि दावी गरेका छन् । कोरोना भाइरस शत्रुका रुपमा भए पनि विभिन्न देशका सरकार र सर्वसाधारणले गरेको हेलचेक्राईंले यो नदेखाएको भन्दै उनले चिन्ता व्यक्त गरे । यस्तै सावधानी नअपनाइएका देशमा कोरोनाको सङ्क्रमण बढिरहेको पनि गेब्रिसियसको भनाई छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।