बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता

मेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 2.9K
    SHARES

  • मेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता

    मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन्।

    सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।

    सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

    ‘दुई जनाको उद्धार गरेर हेलिकप्टरबाट काठमाडौं पठाउँदैछौं,’ प्रजिअ ढकालले भने, ‘हराइरहेकाहरूको खोजी गर्दैछौं।’

    परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए।

    ‘परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्कियो। त्यसले गर्दा समस्या आयो। दुई जनालाई उद्धार गरियो। दुई जनालाई पानीले ह्वात्तै फालिदिएकोले खोजी हुँदैछ,’ उनले भने।

    घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।

    मंगलवार, आषाढ ३० २०७७०२:१९:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार