बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सलहको झुण्ड रोल्पामा

सलहको झुण्ड रोल्पामा

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 1.8K
    SHARES

  • सलहको झुण्ड रोल्पामा

    काठमाण्डौ । नेपालमा रहेको सलह कीराको झुण्ड रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

    अस्ति प्युठानको माण्डवी गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका आसपासको क्षेत्रमा बसेको सलहको झुण्ड गएराति रोल्पा र प्युठानको बीचमा बसेको केन्द्रको भनाइ छ ।

    केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार यो सलहको झुण्ड आज घाम लागे रोल्पा, रुकुम, रुकुम पश्चिम हुँदै सल्यान जाने सम्भावना छ ।यसलाई बालीमा बस्न नदिन ढ्याङग्रो ठोक्ने, थाल बजाउने, धुँवा बाल्ने लगायत ठूलो आवाज निकाल्न उहाँको सुझाव छ ।

    ठूलो आवाज निकाल्दा सलहको झुण्ड छिन्नभिन्न हुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंको भनाई छ । यस्तै यो झुण्ड बाहिरिए पनि अर्को झुण्ड पर्साको वीरगन्ज हुँदै नेपाल पस्ने देखिएकाले सतर्क हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।

    मंगलवार, आषाढ ३० २०७७१२:५०:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार