बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक याङलाकोटका उदयमान युवाहरूद्वारा औषधि वितरण

सिन्धुपाल्चोक याङलाकोटका उदयमान युवाहरूद्वारा औषधि वितरण

शान्ता आचार्य

६, आषाढ २०७८
  • 3.0K
    SHARES

  • सिन्धुपाल्चोक याङलाकोटका उदयमान युवाहरूद्वारा औषधि वितरण

    काठमाडाै,  सिन्धुपाल्चोक जिल्ला जुगल ७ याङलाकोटमा असार ४ र ५  गते २ दिन  युवा व्यावसायी तथा समाजसेवी बिकेश लामाको नेतृत्वमा संकलन औषधि करिब २०० जना बिरामीहरुलाई  वितरण गरि बाकि रहेको औषधि जुगल ७ को क्लिनिकमा बुझाएको छ ।

    सहयोगी हातहरुको सहयोगमा वर्ष यामको शुरूवात संगै फैलिएको ज्वरो,रुघाखोकी,लहरे खोकी,झाडापखाला टाउको दुख्ने शरीर दुख्ने वान्ता हुने कोभिड-१९ संग मिल्दो जुल्दो लक्षणहरु देखा पर्ने बिरामीहरु लगायत शरीर कमजोरीको कारण रिंगटा लाग्ने र साधारण ग्यास्टिक घाँटी दुख्ने जस्ता करिब २०० जना बिरामीहरुलाई औषधि वितरण गरिएको छ ।

    १ हप्ता अगाडि यहि गाउको १५० अति बिपन्न परिवारलाई  राम चन्द्र तामाङ लगायतका उदायमन युवाहरुद्वारा खाद्यान्न सहितको राहत वितरणको क्रममा औषधि उपचारको पनि जरुरत देखिएको हुनाले यति बेला कसले के कति गर्न सक्यो भन्दा पनि जसले जहाबाट जति गर्न सकिन्छ त्यति गर्नु पर्छ आफु जन्मे हुर्केको ठाउको लागि ´भन्ने नाराको साथ उदायमन युवा राम चन्द्र तामाङको बिशेष पहलमा मनकारी समाजसेवी बिकेश तामाङ लगयतको टोलीले सहयोग गरेका छन् ।

    यस पवित्र कार्यमा जोडिनु भएको विशेष सहयोगी भुमिका निभाउने आजिकुङ ,राजेस, नार्सिङ, फुर्बा तामाङबाट औषधि सहयोग  र सोबित पौडेल ५ हजार, उमेश ५ हजार, इन्द्रबहादुर रावत ३ हजार, दावापासाङ शेर्पाले ५ हजार, आनिल २ हजार, गणेश नेपाल २ हजार, सुकुलाल थिङ ,बाट १ हजार  नगद सहयोग गर्नु भएकोले उहाँहरुलाई समाजसेवी बिकेश तामाङले हार्दिक धन्यवाद ब्यक्त गरेका छन् ।

    यसै वडाका स्वस्थ्यकर्मी पूजा गोले(माया) सन्देश तामाङ औषधि ढुवानीमा सहयोग गर्ने  समाजसेवी लाक्पा घिसिङ औषधि वितरण सहज गर्न सहयोग गर्ने युवाहरुमा बिक्रम गोले, प्रबिन गोले, विश्वास गोले, निरज घिसिङ, हिमेश थिङ, अमित थिङ, जल बहादुर गोले, मैना तामाङ वितरण गरेर बाकी भएको औषधि जुगल ७ वडा प्रमुख दिल कुमार लामाको रोहवरमा जुगल ७ को क्लिनिकमा बुझाएको छ ।

    अबका दिनहरुमा पनि समयले साथ दिएमा  यस्तै सामाजिक कार्यमा हरेक युवाहरू निस्वार्थ भावनाका साथ एकजुट भएर गाउलेको हरेक सुख दुःखमा साथ दिन तयार हुनु पर्ने राम चन्द्र तामाङले बताउनु भएको छ ।

    आइतवार, आषाढ ६ २०७८०४:५६:१३
    सम्बन्धित समाचार