बाजुरा । पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । पूर्वीउत्तरी क्षेत्रको बूढीनन्दा नगरपालिका वडानम्बर ३ मा बूढीनन्दा का ७२ वर्षीय शिव बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी दानबहादुर रोकायाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सोमबार मेलढुस्का काप्कोट सडकको बीचमा गोरु चराउन गएका बेला माथिबाट आएको पहिरोमा परी बोहराको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलतर्फ गइसकेको जिप्रका बाजुराले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।