बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पहिरोसँगै खसेको रुखले ट्रक र कार च्यापियो,पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पहिरोसँगै खसेको रुखले ट्रक र कार च्यापियो,पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 2.3K
    SHARES

  • पहिरोसँगै खसेको रुखले ट्रक र कार च्यापियो,पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

    नवलपरासी । अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ। पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको छ । ट्रक र कारमा सवार मानिसहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो। पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिम तर्फ सवारीसाधनको लामो लाइन लागेको छ। सडकमा खसेको पहिरो हटाउनका लागि झण्डै चार घण्टा जति लाग्न सक्ने बताइएको छ ।

    मंगलवार, आषाढ ३० २०७७११:१२:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार