बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सभामुख सापकोटाको पहलमा बलेफी तेम्बाथान सडक स्तरोन्नतीको काम सुरु

सभामुख सापकोटाको पहलमा बलेफी तेम्बाथान सडक स्तरोन्नतीको काम सुरु

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 11.2K
    SHARES

  • सभामुख सापकोटाको पहलमा बलेफी तेम्बाथान सडक स्तरोन्नतीको काम सुरु

    काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बलेफीनौविसे सडक स्तरोन्नतीको काम सुरु भएको छ ।

    सिन्धुुपाल्चोक जिल्लाको बलेफी बजारबाट सुरु भएर जुुगल गाउँपालिकाको हिमाली गाउँ तेम्बाथानसम्म पुुग्ने यो सडक अरनिको राजमार्गमा पर्ने बलेफी बजारबाट सुरु हुन्छ ।

    naubise.jpg

    यो सडकखण्डको स्तरोन्नतिका लागि भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक डिभिजन कार्यालय चरिकोटले बोलपत्र आह्वान गरिसकेको छ । अब छिट्टै ठेक्का लाग्ने र काम सुरु हुने सडक विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

    सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रहनुुभएका सभामुख सापकोटाको विशेष पहलमा गतबर्ष बलेफी जलविरे, कात्तिके तेम्बाथान सडक सहायक राष्ट्रिय राजमार्गका रुपमा सुचिकृत भएको थियो । सहायक राजमार्गमा परेपछि बलेफि तेम्बाथान सडकखण्डको स्तरोन्नतीको कामले तिब्रता पाएको हो ।

    सहायक राष्ट्रिय राजमार्गका रुपमा अघि बढाउने पहल स्वरुप बोलपत्र आव्हान भई काम अघि बढाइएको हो । यो सडक काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको जुुगल हिमालको बेसक्याम्प पुुग्ने प्रवेश मार्ग हो । गतबर्षमात्रै नेपाली आरोहीहरुले जुुगल हिमालको सफल आरोहण गरेपछि यस क्षेत्रको चर्चा चुुलिएको छ ।

    Balephi Jalbire.jpg

    बलेफी गाउँपालिको बलेफी बजारबाट सुरु भएर नौबिसे, कल्लेरीबेसी, जलविरे, ढाँडे, चनौटे, सुनखोला, कात्तिके, मान्जे, गुम्बा हुँदै तेम्बाथान पुुग्ने यो सडकको स्तरोन्नतीले उच्च लेकाली भागको उत्पादनको पहुँच सजिलै बजारसम्म पुुग्नेछ । यस्तै जुुगलक्षेत्रको पर्यटन विकासमा सबैभन्दा धेरै सहयोग पुुग्ने छ ।

    यो सडकमार्ग अन्तरगत बलेफी गाउँपालिका १ जलविरेमा रहेको बोक्सेखोला पुलदेखिका जुुगल गाउँपालिका ४ पाङताङको कात्तिके बजार सम्मको बाटो बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा स्तरोन्नतीको काम गत बर्ष देखि नै जारी छ ।

    मंगलवार, आषाढ ३० २०७७०९:१५:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार