बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बितेको २४ घण्टामा १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९४५ पुग्यो

बितेको २४ घण्टामा १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९४५ पुग्यो

मेगा खबर संवाददाता

२९, आषाढ २०७७
  • 2.0K
    SHARES

  • बितेको २४ घण्टामा १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ९४५ पुग्यो

    काठमाडौं । नेपालमा आज (सोमवार) थप १४४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ ।

    नेपालमा हिजो (आईतवार) ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सोमवार, आषाढ २९ २०७७०४:३२:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार