बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पृथ्वी नजिक आउँदै पुच्छ्रेतारा, आकाश खुले हेर्न सकिने

पृथ्वी नजिक आउँदै पुच्छ्रेतारा, आकाश खुले हेर्न सकिने

मेगा खबर संवाददाता

२९, आषाढ २०७७
  • 2.4K
    SHARES

  • पृथ्वी नजिक आउँदै पुच्छ्रेतारा, आकाश खुले हेर्न सकिने

    काठमाडौं । वर्षाको कारण बदली भएको आकाश खुले आगामी केही साता काठमाडौंसहित उत्तरी गोलार्धबाट पुच्छ्रेतारा देखिने छ।

    गत चैत १६ मा मात्रै निओवाइज नामको यो पुच्छ्रेतारा पत्ता लागेको थियो। त्यो पुच्छ्रेतारा साउन ८ गते पृथ्वीको सबैभन्दा नजिकै आइपुग्ने छ। निओवाइज टेलिस्कोपले पत्ता लगाएको हुनाले पुच्छ्रेताराको नाम त्यसबाट राखिएको हो।

    त्यस समयमा पृथ्वी र पुच्छ्रेतारबीचको दुरी १० करोड किलोमिटर मात्रै टाढा हुनेछ। पृथ्वी र सूर्यबीचको दुरी एक सय किलोमिटर मान्ने हो भने यो पुच्छ्रेतारा र पृथ्वीबीचको दुरी ६९ किलोमिटर हुने छ।

    सन् १९९७ को हल बोप्पपछि पृथ्वीबाट सबैभन्दा राम्रोसँग देखिने पुच्छ्रेतारा भएको अन्तर्राष्ट्रिय संस्थाहरुले जनाएका छन्। यसले एक पटक सूर्यको परिक्रममा गर्न ६ हजार ९५० वर्ष लगाउँछ ।

    खगोलशास्त्रीहरुले मंगलबारबाट एक सातासम्म घाम अस्ताएपछि करिब डेढ घण्टा देखिने बताएका छन्। एक सातादेखि यो विहान सूर्योदय भन्दाअघि उत्तर पूर्वी क्षितिजमा देखिदै आएको छ।

    साँझ भने उत्तरपश्चिम क्षितिजमा देखिने यो पुच्छ्रेतारा एक सातासम्म अवलोकनका लागि राम्रो रहेको खगोलशास्त्रीहरुले बताएका छन्। यस अवधीमा यो ध्रुव तारा जतिकै चम्किलो देखिने बताइएको छ। त्यसपछि विस्तारै यसको चमक घट्दै जाने बताइएको छ। खगोलशास्त्रीहरुले वाइकुलरबाट हेरे झनै राम्रो देखिने बताएका छन्।

    ‘खुला र प्रकाशको प्रदुषण नभएको आकाश हुने हो भने खुला आँखाले यो देख्न सकिन्छ। तर अहिले मनसुनको समय भएको कारण आकाश बदली भएको त्यसै भन्न सकिदैन,’ नेपाल एस्ट्रोनेमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने।

    सोमवार, आषाढ २९ २०७७०४:२७:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार