बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खुले भारतीय न्युज च्यानल, चार वटा माथिको बन्देज भने कायमै

खुले भारतीय न्युज च्यानल, चार वटा माथिको बन्देज भने कायमै

मेगा खबर संवाददाता

२९, आषाढ २०७७
  • 1.7K
    SHARES

  • खुले भारतीय न्युज च्यानल, चार वटा माथिको बन्देज भने कायमै

    केवल अपरेटरहरूले चार वटा भारतीय समाचार च्यानलबाहेक अन्यको भने प्रसारण खुलाएका छन् । केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको हो ।

    केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको बताइएको छ ।

    हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको छ ।

    भारतीय सञ्चार माध्यमहरूले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक समाचार बनाउँदै आएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम जोडेर विभिन्न सामग्री प्रकाशन/ प्रसारण भएपछि नेपालमा भारतीय न्युज च्यानलहरू बन्द गरिएका हुन् ।

    सोमवार, आषाढ २९ २०७७०१:४२:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार